आरके श्रीवास्तव । रौतहट । साउन २० गते ।
रौतहट जिल्लाको मध्य भाग गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयलाई खाद्यान्न सहयोग गरिएको छ । सोमबार एक कार्यक्रमका बिच सुनचाँदी व्यवसायी संघ प्रदेशका अध्यक्ष एवम् समाजसेवी रामजी साहले उक्त खाद्यान्न उपलब्ध गराउनु भएको हो । समाजसेवी शाह सोनार र उनका पत्नी गीता शाहले आफनो नातीको छठीहार को शुभ दिनमा अनाथालय लाई खाद्यान्न दिनु भएको थियो । बंशीराम जायसवाल अनाथलय गरुडाका सम्पूर्ण अनाथ बाल बालिका लाई सहयोग स्वरूप खाद्यान्न चामल १०० किलो, दाल २५ किलो, आलू १ बोरा, प्याज,तेल १ जार, आटा, सहयोग गर्नुभयो । सो अनाथलयका संथापक बंशीराम जयसवाललाई हस्तान्तरण गर्नु भएको थियो । साथै साहले अनाथालय सम्पूर्ण परिवार लाई चंदन, फूल माला ,चादर ओढाई सम्मान समेत गर्नु भएको थियो । अनाथायका संस्थापक जयसवालले समाजसेवी जयसवालको नातीको सु–स्वास्थ्य तथा उज्वल भविष्य को कामना र आशीर्वाद समेत दिनुभयो । समानसेवी साले अनाथलयका सम्पूर्ण बालबालिकाको ब्रम्हा भोजको लगी दुध, चामल, मसाला, चीनी, इत्यादि समाग्री पठाई आफ्नो हाथले सम्पूर्ण बाल बालिका लाई महाप्रसाद ग्रहण गराउनु भएको थियो । साथै अनाथलय लाई नगद रु एघार हजार सहयोग गर्नु भएको थियो । सो अवसरमा अनाथलय संथापक बंशीराम जयसवाल सँग अध्यक्ष भुनेश्वर राम जयसवाल , अनाथलय उत्तराधिकारी हृदय लाल कुशवाहा सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।