रौशन चौधरी । रौतहट । साउन २२ गते
रौतहट प्रहरीले अबैध घरेलुु मदिरा नष्ट गरेको छ । मध्य रौतहटको ईलाका प्रहरी कार्यालय गरूडाले सो मदिरा बिहिवार नष्ट गरेको हो । बिभिन्न मितिमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँचको क्रममा अवैध घरेलु तयारी मदिरा बरामद गरेको थियोे । विभिन्न ठाउँबाट जम्मा ५०० लिटर फेला पारी ईप्रकामा दाखिला गरेकोमा उक्त मदिरा आज साउन २१ गते ४ बजेको समयमा ईप्रकाको मुल गेट देखी ५० मी। उत्तर गौर च(पुर सडकखण्ड स्थित सडकको पश्चिम किनारमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपी श्रीराम भण्डारीले जानकारी गराउनु भयो । ईलाका प्रशासन कार्यालय गरुडा र गरुडा नगरपालिका तथा कर कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रतिनिधीहरुको रोहवरमा बरामद मदिरा नष्ट गरिएको भण्डारीले बताउनु भयो ।