शम्भु पाण्डेय जनकपुरधाम । साउन २८ गते ।
धनुषाको सबैलामा एक बालिकालाई आफै पेट बढेपछि उपचार लागि आर्थिक सहयोगको अपिल गरेको छ । धनुषा जिल्लाको सबैला नगरपालिका वाडा नं.३ सबैलाकी अन्दाजी १० वर्षीय वर्षा कुमारी महराकी एक्कासी बिगत २ सातादेखी पेट आफै बढन थालेपछि उपचारको लागि पैसा नभएको कारणले घरमै बसेर उपचार गरिएको थियो । सबैला उद्योग वाणिज्य संघका अध्यक्ष श्री रामचन्द्र जयसवाल ज्युले आर्थिक सहयोगमा आज महरालाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा पठाएको छ । उहाँको आर्थिक अभावको कारणले बर्षाकी उपचार नगराई घरमै प्राथमिक उपचार गर्दै थियो । धनुषा सबैला उद्योग वाणिज्य संघका अध्यक्ष ज्युले नगद रु–५०००÷–अक्षरेपी (पाँच हजार मात्र) तत्कालै आर्थिक सहयोग गर्नु भएको छ।उहाँले समय समय यस्ता पिडितहरु सहयोग गर्दै आइ राख्नु भएका छन । उपचार थप सहयोगका लागि सम्पुर्ण संघ–संस्थाहरु सङ हार्दिक अनुरोध गरिएको छ ।