रमेश कुमार यादब श्रावण २९,रौतहट
रौतहट जिल्लाको चर्चित कुस्ती खेलाडी उपेन्द्र दास वैरागीलाई हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले १० बर्षपछि पक्राउ गरेपनि केहि दिन नबितदै रौतहट जिल्ला अदालतले शुक्रवार सामान्य तारेखमा छाड्ने आदेश दिएको छ । रौतहट जिल्ला अदालतको १ नम्वर इजलाशको न्यायाधिश काजीबहादुर राईको इजलाशमा जिल्ला प्रहरी कार्यालय रौतहटले गत बुधवार कत्र्तव्य ज्यान मुद्दामा आरोपित रहेका सोनफी लाल पासवानलाई १० बर्ष पछि उपस्थित गराउदा शुक्रवार उनलाई सामान्य तारेखमा रिहा गर्ने आदेश दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।आठौं दक्षिण एशियाली खेलकुद (साफ) मा कुस्ती तर्फ कास्य पदक विजेता उपेन्द्र दास वैरागीलाई २०६८ साल असार २३ गते गौर नगरपालिकाको कर्मचारी मिलन केन्द्र छेउको बाटोमा साढे ८ बजे राति कन्चटमा गोली हानेर हत्या गरिएका थिए । हत्या पछि पिडित परिवारवारले ५ जना माथि किटानी जाहेरी दिएका थिए । जसमध्ये तिन जनालाई प्रहरीले २०७५ साल जेठ ३ गते पक्राउ गरेर अदालतमा उपस्थित गराउदा तिनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएका थिए तर २०७७ माघ १४ गते अदालतबाट तिनै जना सफाई पाएर कारागार मुक्त भएका थिए । आरोपित मध्ये देवाही गोनाही ३ का सोनफी लाल पासवानलाई गौर नपा ५ बाट प्रहरीले पक्राउ गरेर अदालतमा बुझाउदा शुक्रबार सामान्य तारेखमा छाडिनु आदेशबाट पिडित परिवारलाई न्याय पाउने आशा समाप्त भएको बताइएको छ । चर्चित व्यक्तिलाई हत्या गरी जघन्य अपराध गर्नेहरुलाई अहिले अदालतको सेटिंगमा धमाधम छुट्ने क्रम जारी रहदा समाजमा अपराधीहरुको बोलबाल बढ्दै गएको सर्वसाधारण अदालती न्याय प्रक्रियाबाट झन् पिडामा पर्दै गएको पिडित पक्षहरुले आरोप लगाएका छन् ।त्यसतै माधवनारायण नगरपालिका खेसरहियामा रहेको हनुमान मन्दीरका पुजारी श्रीराम साहको अपराधी सोझै अदालतमा उपस्थित भई २ लाख नगदमा छाडिनु संयोग मात्रै नभई सेटिंगमा भएको स्पष्ट रुपमा बुझिन सकिन्छ पिडित परिवारले गुनासो गरे ।