रमेश कुमार यादब श्रावण २९,रौतहट
रौतहटको माधव नारायण नगरपालिका बासिन्दाहरुले प्रशासनिक सेवा गरुडाबाट नै पाउने भएका छन । यो भन्दा अगाडी प्रशासनिक सेवा जिल्लाको सदरमुकाम गौरबाट लिदै आईरहेको थियो । गौरबाट सेवा पाइरहेका नागरीकलाई आवतजावतमा समस्या भएको स्थानियले भन्दै आईरहेको थियो । टाढा हुँदा आवतजावतमा जस्तै यातायात समस्या पनि हुदैँ आईरहेको थियो यो समस्यालाई मध्यनजर गर्दै नेपालि काग्रेश रौतहटका सभापति कृष्णा प्रसाद यादबले मन्त्रालयमा नजिकै गरुडाबाट सेवा संचालन गर्न माग गरिएको थियो । सो मागको मध्यनजर तथा सभापति यादबको बिशेष पहलमा शुक्रबार बसेको माननिय मन्त्री बालकृष्ण खाणको निर्णयबाट सेवा प्रवाह गर्न भनिएको हो ।यता नागरीकता लिएका अभिलेखहरु गरुडालाई हस्तान्तरण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटलाई निर्देशन समेत गृह मन्त्रालयले दिईसकेको छ ।अब माधव नरायण नगरपालिकाका सेवाग्राहीहरुले नजिक पर्ने स्थान ईलाका प्रशासन गरुडाबाट सहज रुपमा नागरिकता लगायत सेवा पाउने भएका छन ।सो नगरपालिकाकाले नजिकबाट सेवा पाउदा निकै नै खुसि भएका छन । काग्रेसका जिल्ला सभापती कृष्ण यादव ,युवा नेता नितेश कुमार गुप्ताले गरुडा बाट प्रशासनिक सेवा शुरु गर्नका लागी पहल गर्दै आएका थिए ।