दिपेन्द्र जयसवाल,बारा साउन ३० गते ।
कलैया फूटबल क्लबको कार्यबाहक अध्यक्षमा अजय साहलाई नियुक्त गरिएको छ । कलबका अध्यक्ष कुलदिप ठाकुरले आफूले केही दिनको ब्यक्तिगत कामका लागि समय दिन नसक्ने बताउदै कार्यवाहक अध्यक्षको जिम्मेवारि साहलाई दिएका हुन । यो सङ्गै क्लबको विभिन्न मिटिङ्ग्मा सहभागी नभएको र क्लबको हित बिपरित काम गरि अन्य क्ल्ब गठन गरेको भन्दै उपाध्यक्ष बिनोद गुप्तालाई आजैको बैठकले साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ ।गुप्ताको स्थानमा उपाध्यक्ष पदमा क्लबले अन्तराष्ट्रिय खेलाडी समसाद मन्सूरलाई चयन गरेको क्लबका सचिव प्रमोद गिरिले बताएका छन । निलम्बन हुनेमा गुप्ता सङ्गै सदस्य गोपाल ठाकुर र सल्लाहकार रेयाजुल इस्लामलाई समेत साधारण सदस्यबाट निलम्बन गरिएको कार्यबाहक अध्यक्ष साहले बताउनुभयो । यो सङ्गै क्लबले सदस्यमा ठाकुरको ठाउमा अस्लम मन्सूर तथा सल्लाहकारमा समाजसेवी तथा दुर्गा नमुना माबीका सन्चालक समिती अध्यक्ष औधेश यादबलाई सर्वसम्मत चयन गरेको क्लबका सल्लाहकार दिपलाल साहले बताउनुभयो । त्यस्तै वरिष्ठ सल्लाहकारमा प्रबेश यादब,मुक्ती यादब,राजेश्वर स्वर्णकार, प्राध्यापक प्रेम उपाध्याय र अधिवक्ता प्रभात चन्द्र दहाललाई चयन गरिएको क्लबका सदस्य अमित चौधरीले जानकारी गराउनु भयो । क्लबले छिट्टै बौद्धिमाई रङ्गशाला ब्यवस्थापन गराउने,विभिन्न सामुदायिक तथा निजि बिधालयका फूटबल प्रती इच्छुक खेलाडी बिधालय सङ्ग माग गरि खेलाडी ट्रेनिङ्ग सन्चालन गर्ने,साधारण सदस्यता बितरण गर्ने र मुख्य मन्त्री कप सन्चालनका लागि आवश्यक पहल चाल्ने क्लबका कोषाध्यक्ष साहिल हवारिले बताउनुभयो ।