राजेश पासवान ।श्रावण ३१ गते । रौतहट ।
रौतहटको मध्य भागमा पर्ने गरुडा नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको नजिकै राखिएको फोहोर का कारण वातावरण प्रदुषित बन्दै गइरहेको छ । नगरपालिकाले जनता संग लाखौं कर उठाइरहेको भए ता पनि,फोहोरलाई व्यवस्थापन गर्नुको सट्टा नगर भरिको फोहोर उठाएर ईलाका प्रहरी कार्यालय अगाडि को चन्द्रपुर–गौर सडकखण्ड (रोड)को छेउमै फालिदिने गरेको छ। र फोहोरको व्यवस्थापन हुन नसक्दा वरपर जताजतै फोहोरका थुप्रोहरु देखिन थालेको छ । फोहोर व्यवस्थापन गर्न न सक्ने गरुडा नगरपालिका नमुना नगर पालिका रहेकोको भन्ने कुरा गफ मात्रै रहेको स्थानीय ले टिप्पणी गरेका छ। नगरपालिकाले यसरी नगर भरिकै सडेगलेका कुहिने वस्तुहरु,बजारमा फालिएको तरकारी को बोक्राहरु,प्लाष्टिकका खोलहरु, पेय पर्दाथका खाली बोतलहरु, पानीका प्लाष्टिकका बोतलहरु, रक्सी तथा वियरका बोतलहरु र अन्य फोहोर जन्य वस्तुहरु त्यस ठाउँमा ल्याएर फालिदिएको कारण फोहोरको सही व्यवस्थापन हुन नसकेर त्यस वरीपरीका वातावरण प्रदुषित भइरहेको त्यहाँका एकजना स्थानीयले बताएका छन । समयमै त्यहाँको फोहोरको व्यवस्थापन भएन भने त्यस क्षेत्रको सुन्दरतामा मात्र न भइ त्यस क्षेत्रमा बसोबास गरिरहेको मानिसमा पनि असर गर्ने सम्भावना छ।यति मात्र न भई फोहोरको गन्हाईले त्यहाँबाट आवत जावत गर्ने यात्रु लाई समेत कठिनाइ भइरहेको भन्दै त्यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन,साथै जथाभावी थुप्रिएका फोहोरहरु व्यवस्थित गर्न जरुरी रहेको भन्दै स्थानीयले यसको समाधान तत्कालै गर्न सम्बन्धित निकाय संग माग समेत गरेकाछन्।