नेपाल विद्यार्थी संघ का पूर्व केन्द्रीय सदस्य सुशिल तिमल्सेनाले नेपाली कांग्रेसको हुने जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा लड्ने जानकारी गराएका छन । उनी राजधानीस्थित नेविसंघको विभिन्न क्याम्पस एकाईहरुमा नेतृत्व गरिसकेका एक इमानदार नेता का रुपमा परिचित छन् ।कांग्रेस पार्टी मा परिवर्तन ल्याउन का लागि युवा विद्यार्थीले समेत नेतृत्व गर्नुपर्ने भन्दै उनले आफूले सबै क्षेत्रलाई समेटेर जान उम्मेदवारी दिएको बताए ।
उनका अनुसार अब विद्यार्थी ले नेविसंघ मात्र होइन, पार्टी पनि चलाउन सक्षम छौं उनले ‘महत्वपूर्ण भूमिका लिनका लागि उम्मेदवारी दिने तयारी गरेको बताए का छन।तिमल्सेनाले राजधानीमा नेताहरु तथा जिल्लामा समेत आफ्नो आकांक्षाबारे कुराकानी भएकाले सबैको साथ पाउनेमा आशावादी रहेको बताए ।