हिजोआज खराब जीवनशैली र खानपिनले गर्दा मान्छेमा स्टामिना अर्थात् तागत घट्दै गइरहेको छ । अलि अलि धपेडी हुने काम
गरेपछि मान्छे कमजोर र थकित हुन थाल्छन् । स्टामिना राम्रो छ भने राम्रो तरिकाले काम गर्न मद्दत मिल्छ । तपाईँलाई पनि शरीरमा स्टामिना कम भइरहेको महसुस हुन थालेको छ भने यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ । खानेकुराले हामीलाई ऊर्जा दिन्छ ।
समग्रमा स्टामिना बढाइदिन्छ । तर ध्यानमा राख्नु पर्ने कुरा चाँहि के हो भने कुनै एउटा मात्रै खाद्य पदार्थ एक्लैले चमत्कारिक रूपमा स्टामिना बढाउन सक्दैन । तर विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न, प्रोटिन र हेल्दी फ्याट सबै समावेश गरिएको सन्तुलित, पौष्टिक आहारले स्टामिना बढाउन मद्दत मिल्छ । आजको यस लेखमा प्राकृतिक रूपमा स्टामिना बूष्ट गर्ने अनि शरीरमा रहेको वर्षौदेखिको कमजोरीलाई भगाउने केही खानेकुराबारे हामी कुराकानी गर्न गइरहेका छौँ ।
केरा:
केरामा कार्बोहाइड्रेट्स, प्राकृतिक चिनी र पोटाशियम भरपुर मात्रामा हुन्छ । यसले तुरुन्तै अनि लामो समयसम्म एनर्जी दिइरहन्छ । त्यसैले तपाईँले आफ्नो स्टामिना बढाउने मामिलामा यो उत्कृष्ट विकल्प साबित हुन सक्छ । तपाईँले नास्तामा ओट्स वा स्मुदीमा काटिएको केरा मिसाएर खानु भयो भने पूरै दिन तपाईँलाई ऊर्जा वान बनाएर राख्न मद्दत गर्न सक्छ ।
ओट्सः
ओट्समा उच्च मात्रामा फाइबर, जटिल कार्बोहाइड्रेट्स र भिटामिन हुन्छ । जसले भोजनलाई ऊर्जामा बदल्न मद्दत गर्छ । यसले स्टामिनालाई बढाएर ऊर्जा पनि दिन्छ । तपाईँले दिनको सुरुमै एक कचौरा ओटमिल खानुस् या स्मुदीमा ओट्स हालेर खानुस् ।
क्विनोआः
क्विनोआ प्रोटिनले भरपुर हुन्छ । यसमा पनि जटिल खालको कार्बोहाइड्रेट्स, फाइबर र म्याग्नेशियम अनि आइरन पाइन्छ । यसले तपाईँलाई पर्याप्त ऊर्जा दिन्छ अनि स्टामिनामा पनि सुधार गर्न मद्दत मिल्छ । क्विनोआलाई मेन डिश र साइड डिशको रूपमा खान सकिन्छ । तपाईँले यसलाई सुपको रूपमा पनि खान सक्नु हुन्छ
चिया सिडः
चियाको बिउमा स्वस्थ फ्याट, प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्टसमेतका कयौँ पोषक तत्त्व पर्याप्त मात्रामा हुन्छ ।
यसले शरीरलाई लामो समयसम्म ऊर्जा वान बनाई राख्छ । तपाइले दहीमा चिया सिड हालेर खान सक्नु हुन्छ । स्मुदीमा पनि यसलाई मिसाएर खान सकिन्छ ।
बदामः
बदाम स्वस्थ बोसो, प्रोटिन र फाइबरको ठुलो स्रोत हो । यसले तपाईँलाई निकै धेरै ऊर्जा दिन्छ । समग्रमा स्टामिना सुधार्छ ।
हरेक दिन नास्तामा पाँचदेखि छ ओटा बदाम खानु पर्छ । जसले गर्दा शरिरलाई चम्किलो बनाउनमा मदत गर्ने गर्दछ ।