एनपीएललाई लक्षित गर्दै सट्टेबाजी, भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २०, बिहिबार (३७ मिनेट अघि)
  • २९ पटक पढिएको
एनपीएललाई लक्षित गर्दै सट्टेबाजी, भारतीय नागरिक पक्राउ

काठमाडौँ,१९ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई आधार बनाएर अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित भोजपुर टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका–१७ ठमेल बस्दै आएका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी हुने गरेको सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सिन्हालाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

पक्राउ परेका उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस