आफु खुसि गैरहाजिरी भएका २१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष ११, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
आफु खुसि गैरहाजिरी भएका २१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

वर्तमानकाल सम्वाददाता
नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दारगराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
बाटो म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको बुधबार जारी सुचनामा उल्लेख छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस