रौतहट,१६ जेठ। रौतहटको ईशनाथ नगरपालिकाका मुख्य नाकाहरु बन्जरहा , औरैया , महुलिया मठिया , र जयनगर तस्करहरुको लागि लाल किला बनेको छ । बिहान ४ बजे देखि ८ बजे सम्म प्रति दिन लाखौं लाखको अबैध समाग्री अयात नियात हुने गर्दछ्न ।
नेपाल बाट खाद्यन मध्ये दलिहन , जिरा , सुपारी र रक्सीको व्यापक तस्करी भईरहेको छ ।दारुको एउटा तस्करले चार चारवटा बिना कागज पत्रको स्कार्पियोहरु प्रयोग गरि भारत पठाउउदै गर्दा स्थानीय प्रहरीहरु मालामाल भएका छन् ।
स्थानीय प्रहरीहरुको मिलोमतोमा भईरहेको सो तस्करीबाट स्थानीय जनताहरु व्यापक रुपमा प्रभावित भएका छन् ।सो प्रभावमा परि स्थानीय एउटा जेष्ठ नागरिकले आफ्नो दुख पोख्दै बिहान ४ बजे देखि हुँदै आईरहेको तस्करीले राम्रो सङ सुतन नपाउने धवनी प्रदुषणका कारण मुटुका रोज लागेको जस्तो अनिभव गरेका छन् । तस्कर र प्रहरीका डरले केही भन्न नपाउने र आफैं दु:ख पोखी रहनु जनगुनासो गरेका छन् ।
ईशनाथ वडा -४ महुलियामा मात्र ५० भन्दा भढी दारु पसल रहेको सो पसलहरुमा भारतका अपराधी गतिविधिमा सलङन रहेका ब्यक्तिहरु आएर स्थानीय चौकहरुमा झैझगडा समेत गरि स्थानीय आमनागरिकहरुलाइ त्रसित बनाएका कुराहरु प्रस्सत पाईएको सर्वबिधितै छन ।
मुल नाकाहरुमा दिउँसो भारतिय एस एसपि को डिउटी रहेकोले राती र बेलुका बिहान मोटरसाइकल बाट तस्करी गर्नका लागि छुट्टै बाटो नै निर्माण गरेको स्थानीयहको भनाइ रहेको छ ।स्थानीय प्रहरीहरुको ध्यानाकर्षण होस भनी आमजन मानसहरुको चाहना रहेको छ ।


