सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
  • ४३ पटक पढिएको
सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार

रौतहट,१७ कात्तिक। नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा रहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस