बालिकामाथि जबरजस्ती करणीको आरोपमा मकवानपुरबाट युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अपराध /
  • २०८३ कार्तिक १८, मंगलबार (४८ मिनेट अघि)
  • ३ पटक पढिएको
बालिकामाथि जबरजस्ती करणीको आरोपमा मकवानपुरबाट युवक पक्राउ

मकवानपुर,१७ कात्तिक।  मकवानपुरमा १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न रहेको आरोपमा मकवानपुरकै २६ वर्षीय रामशरण भोम्जनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार कात्तिक १६ गते बिहान भएको घटनासम्बन्धी जानकारी दिँदै आरोपित युवकलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस