चट्याङ लागेर हेटौँडामा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २१, शनिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
चट्याङ लागेर हेटौँडामा एक जनाको मृत्यु

हेटौँडा, २१ भदौ। चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ । 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर  हेटौँडा उपमहानगरपालिका– १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो । शवपरीक्षणका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस