वीरगञ्जमा युवा समाजद्वारा आयोजित रक्तदान जारी, ७५ पोका रगत सङ्कलन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २१, शनिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
वीरगञ्जमा युवा समाजद्वारा आयोजित रक्तदान जारी, ७५ पोका रगत सङ्कलन

वीरगञ्ज, २१ भदौ। वीरगञ्ज युवा समाजद्वारा होटेल मकालुमा आयोजित जारी छ । कार्यक्रममा हालसम्म ७५ जनाले रक्तदान गरिसकेका छन्, र थप सहभागीहरू रक्तदानका लागि आइरहेका छन् ।

कार्यक्रम वीरगञ्ज युवा समाजका अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा सञ्चालन भएको हो । अध्यक्ष थापाले रक्तदान कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै समुदायमा रक्त सङ्कट कम गर्न यस्ता अभियानहरू आवश्यक रहेको बताए ।

उनले भने, “हाम्रो समाजले समय–समयमा यस्ता सामाजिक कार्यहरू गर्दै आएको छ, र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।”

वीरगञ्ज युवा समाजले समुदायमा रक्त सङ्कट न्यूनीकरण गर्ने उद्देश्यले विगतदेखि नै रक्तदानलगायत विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ । 

कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थितिले समाजको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई झल्काएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस