
काठमाडौं, २३ भदौ। नयाँ बानेश्वरमा भएको जेनजीको प्रदर्शनमा घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरमा पुगेका मध्ये ६ जनाको मृत्यु भएको छ । अहिले घाइतेको उपचारमा खटिएका अर्थोपेडिक सर्जन डा.ऋषि बिष्टले दिएको जानकारी अनुसार दिउँसो साढे ३ बजेसम्म मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
गम्भीर घाइते भएकालाई ५ जनालाई अप्रेसनका लागि लगिएको ट्रमा सेन्टरका अर्का अर्थोपेडिक सर्जन डाक्टर दीपेन्द्र पाण्डेले बताए ।
हालसम्म प्रदर्शनमा घाइते भएका ४९ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको डा.विष्टले जानकारी दिए ।
उक्त प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ । सिभिल अस्पतालमा उपचारमा आएका २ पुरुषको मृत्यु भएको छ ।
