भाटभटेनी सुपरमार्केटको ४ वटा स्टाेरमा आगजनी र लुटपाट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २५, बुधबार (५ महिना अघि)
  • ३ पटक पढिएको
भाटभटेनी सुपरमार्केटको ४ वटा स्टाेरमा आगजनी र लुटपाट

विराटनगर, २५ भदौ। कोशी प्रदेशमा रहेका भाटभटेनी सुपरमार्केटको ४ वटा स्टाेरमा आगजनी र लुटपाट भएको छ । एउटा शाखामा स्थानीयको सक्रियताका कारण आगजनी हुनबाट जाेगिएकाे छ ।

भाटभटेनीको विराटनगर, इटहरी, धरान, दमक र विर्तामोडमा स्टोर छन् । इटहरी बाहेक सबै स्टोरमा नियोजित रुपमा आगजनी भएको हाे । इटहरीमा रहेको भाटभटेनीमा अगजनी गर्न पुगेको समूहलाई भने स्थानीयले रोकेका छन् । आगजनी गर्न रोकेपनि तोडफोड भने भएको छ ।

विराटनगर शाखामा मंगलबार बेलुका अराजक समूहले लुटपाटसँगै आगजनी गरेको थियो । आगजनीका कारण भाटभटेनीको विराटनगर स्टोर पूर्णरुपमा जलेको छ । आगो अझै निभेको छैन । विर्तामाेड र दमकमा पनि लुटपाट पछि आगजनी भएकाे हाे ।

मंगलबार बेलुकासम्म भाटभटेनी आन्दोलनकारीको निञशानामा थिएन । विराटनगरमा आगजनीपछि दमक, बिर्तामोड र धरानमा आगजनी भएको थियो ।

आगजनीको कारण भाटभटेनीमा पुगेको क्षतिको विवरण संकलन भइसकेको छैन । मिनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनीमा योजनावद्ध रुपमा आगजनी र लुटपाट भएको सुरक्षास्रोत बताउँछ ।

‘मंगलबार बेलुकासम्म धरान शान्त थियो, एक्कासी भाटभटेनीमा आगजनी भयो,’ सुरक्षास्रोत भन्छ,‘ योजनावद्ध रुपमा आक्रमण र लुटपाट भएको देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस