होटलमा लागुऔषध बिक्री, गोंगबुबाट २ युवा समातिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २२, मंगलबार (१ महिना अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

काठमाडौं, २२ पुस। गोंगबुको एक होटलमा लागुऔषध खैरो हेरोइन बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बाग्लुङको ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरुता अदेही मगर छन् ।

उनीहरूबाट ७.२१ ग्राम खैरो हेरोइन र लागु औषध तौलनले मेसिन बरामद भएको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस