रुकुमपूर्वमा पासो तान्ने क्रममा एक युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २२, मंगलबार (१ महिना अघि)
  • ३ पटक पढिएको
रुकुमपूर्वमा पासो तान्ने क्रममा एक युवकको मृत्यु

रुकुमपूर्व, २२ पुस। रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्न थापेको पासो तान्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–८ लम्पाकोटका २० वर्षीय लक्ष्मण नाथ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी लालबहादुर विकको अनुसार सानी भेरी नदीको किनारबाट करिब ३०० मिटर पश्चिम ढुङ्गाको कोचमा अड्किएको अवस्थामा नाथको शव फेला परेको हो । शव मृत अवस्थामा फेला परेपछि प्रहरी टोलीले नदीबाट बाहिर निकालेको उनले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार माछा मार्न थापिएको पासो तान्ने क्रममा नदीमा चिप्लिएर बग्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस