कुलमानसँगको विवादपछि रास्वपाको समानुपातिक बन्दसूची अद्यावधिक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २७, आईतबार (१ महिना अघि)
  • ४ पटक पढिएको
कुलमानसँगको विवादपछि रास्वपाको समानुपातिक बन्दसूची अद्यावधिक

काठमाडौं, २७ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीको नाम अद्यावधिक गराएको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि आज आयोग गरेर सूची अद्यावधिक गराएको हो।

हिजो उज्यालो नेपाल र रास्वपाबीच भएको एकताको सहमति भङ्ग भएको थियो। आज बिहान आयोगमा गएर आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाएको प्रवक्ता मनिष झाले बताए।

यसअघि रास्वपाले समानुपातिक उम्मेदवारको सूची बुझाएपछि चर्को आलोचना भएको थियो। आलोचनापछि बन्दसूचीमा परेका डा। रामजी राम, डा.अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारीलगायतले नाम फिर्ता लिएको घोषणा गरेका थिए।

उज्यालो नेपालबाट र नाम फिर्ता लिएको घोषणा गरेका नेताहरूको ठाउँमा रास्वपाले नाम अद्यावधिक गराएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस