पवन कुमार उपाध्याय
रौतहट, २८ पुस। रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको कमाण्ड प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर प्रसाद आचार्यले सम्हालेदेखी गरुडा क्षेत्रको शान्ति सुरक्षा सुदृढ र मजबुत बन्दै गएको देखिएको छ ।
डिएसपी आचार्य शून्यसहनशीलताको नीति अवलम्वन गर्दै अपराधिक क्रियाकलाप गर्नेहरुमाथी आक्रमक रुपमा प्रस्तुत हुनथालेपछि पछिल्लो समय गरुडा क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम भएको छ भने चोरी, कडैती, हुलहुज्जत लगाएत अपराधिक क्रियाकलापमा व्यापक कमी आएको छ ।
डिएसपी आचार्यको कार्यकुशलता र सुदृढ नेतृत्वको कारण यस क्षेत्रका नागरिकहरु शान्ति सुरक्षाको राम्ररी अनुभुति गर्न पाइरहेका छन । आम नागरिकले कसैको सहयोग विना आफै एक्लै निर्धकका साथ प्रहरी कार्यालयमा गएर सेवा लिन पाउने गरी आचार्यले व्यवस्थापन मिलाइदिएका छन जसका कारण पिडितहरु कसैको सहयोग विना स्वंयम आफै उपस्थित भएर निवेदन, जाहेरी दर्ता गराउन पाइरहेका छन ।
पिडितहरु आफै उपस्थित भएर निवेदन, जाहेरी दर्ता गराउनेदेखी लिएर अन्य सेवाहरु पउन थालेपछि थानामा विगतका दिनहरुमा पिडितलाई न्याय दिलाउने नाममा हुँदै आएको दलाली अहिले पूर्ण रुपमा बन्द भएको छ । पहिला पहिला थानामा विना कुनै राजनीतिक दलका नेता वा दलालको सम्पर्क विना आम नागरिकको प्रहरी कार्यालयमा सहज ढंगले काम नहुने समस्या बिकराल थियो । नेता वा दलाल मार्फत प्रहरी कार्यालयमा पिडित जाँदा उनिहरुबाट पिडितहरु नराम्ररी ठगिदै आएका थिए ।
तर डिएसपी शंकर प्रसाद आचार्य इलाका प्रहरी कार्यालय गरुडाको कार्यालय प्रमुखको कमाण्ड सम्हाल्दै दलाल, बिचौलियालाई पूर्ण रुपमा निषेध गरेका छन । उनले प्रहरी कार्यालयमा सेवा लिन आउने प्रत्येक नागरिकको कुरा राम्ररी सुन्ने गरेको र उनिहरुलाई स्वच्क्ष निस्पक्ष ढंगले सेवा प्रदान गर्ने गरेका कारण पिडित एवं आम नागरिक निकै उत्साहित बनेका छन् ।
आफुले कार्यालयमा दलाल र बिचौलियालाई पुर्ण रुपमा निषेध गरेकोले प्रहरीमा सेवा लिन आउँदा कसैको सहयोग विना आफै एक्लै आउन उनले सबैलाई आग्रह गरेका छन । न्याय दिलाउने सवालमा आफुले कसैलाई कुनै प्रकारको भेदभाव वा काखापाखा नगर्ने गरेकोले निर्धकका साथ एक्लै प्रहरी कार्यालयमा आउन उनले आम नागरिकलाई आग्रह गरे ।
नागरिकप्रति उत्तरदायी एवं जिम्मेवार भएर कमजोर तथा आम नागरिकलाई चुस्त एवं दुरुस्त सेवा दिन हरसम्भव प्रयासरत रहने डिएसपी आचार्यको कार्यलाई आम नागरिकहरुले खुलेर प्रशंसा गरिरहेका छन । न्यायमा सबैको पहुच बराबर हुनुपर्ने मान्याताका साथ कसैको दबाब र प्रभावमा नपरी स्वच्क्ष र निस्पक्ष ढंगले पिडितलाई न्याय र दोषीलाई कानुनी कठघारामा डिएसपी आचार्य धमाधम ल्याउन थालेपछि पिडितहरु न्यायको अनुभूति गर्न थालेका छन् ।
आफु रहुन्जेलसम्म कुनै पनि घटनाको दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नसक्ने र दोषी व्यक्ति जति पावरफुल भएपनि कार्यवाही गरेरै छाडने डिएसपी आचार्य बताउँछन । दोषीलाई कार्यवाही र पिडितलाई न्याय दिलाउने सवालमा आफु कसैसंग कुनै प्रकारको सम्झौता गर्न नसक्ने दावी गर्दै प्रहरी नायव उपरीक्षक डिएसपी आचार्यले कानुन सबैका लागि बरारबर रहेको अनुभूति सबैलाई दिलाउने गरेको स्पष्ट पारेका हुन ।


