कैलाली १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोमल ज्ञवाली विजयी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २२, शनिबार (१ हप्ता अघि)
  • ९८ पटक पढिएको
कैलाली १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोमल ज्ञवाली विजयी

काठमाडौं, २३ फाल्गुन । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै विजयी भएकी हुन् ।

ज्ञवाली १७ हजार ८६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार कैलाली–१ मा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन् ।

यस्तै चौथो भएका नेकपा एमालेका उम्मेदवार द्वारिकलाल न्यौपानेको पक्षमाचार हजार ४९३ मत आएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस