अपेक्षित मत नआएपछि विप्लव माओवादीका धनकुटा इञ्चार्जले दिए राजीनामा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १, आईतबार (५ महिना अघि)
  • १५४ पटक पढिएको
अपेक्षित मत नआएपछि विप्लव माओवादीका धनकुटा इञ्चार्जले दिए राजीनामा

काठमाडौं, ०१ चैत। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजीनामा दिएका छन् ।

उनले २०८२ फागुन ३० गतेदेखि लागू हुने गरी पद त्याग गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गरिएको पत्रमा फागुन २१ को निर्वाचनमा अपेक्षित मत प्राप्त हुन नसकेकाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको व्यहोरा उल्लेख छ ।

कोइराला नेकपा (माओवादी) को केन्द्रीय सदस्य समेत रहेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस