महोत्तरीमा भारतीय कारसहित १०९ केजी गाँजा बरामद

  • Wartman Kal Dainik
  • / अपराध /
  • २०८२ चैत्र १, आईतबार (२ महिना अघि)
  • १०६ पटक पढिएको
महोत्तरीमा भारतीय कारसहित १०९ केजी गाँजा बरामद

महोत्तरी, ०१ चैत। महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।

गएराति करिब ११ बजे पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा लागूऔषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहित कार नियन्त्रणमा लिएको थियो ।

कार चालक फरार रहेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस