नयाँ सरकार गठनमा १० दिन जति लाग्ने रास्वपा प्रवक्ता झाको भनाइ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १, आईतबार (२ महिना अघि)
  • १३९ पटक पढिएको
नयाँ सरकार गठनमा १० दिन जति लाग्ने रास्वपा प्रवक्ता झाको भनाइ

काठमाडौं, ०१ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अबको १० दिन पछाडि मात्रै नयाँ सरकार गठन हुने बताएका छन्।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् । उनले नयाँ सरकारको प्रधानमन्त्री बालेन्द्र शाह हुने कुरामा कुनै दुईमत नभएको बताउँदै अन्य विषयमा भने छलफल आन्तरिक रुपमा मात्रै भइरहेको बताए ।

झाले विधान संशोधन गरेर बालेन्द्रलाई संसदीय दलको नेता बनाउनुपर्ने कुरा स्वीकार गर्दै समानुपातिकको बन्दसूची बुझाइसकेपछि प्रक्रियाहरू अगाडि बढ्ने उल्लेख गरे ।

झाले यो या त्यो व्यक्तिलाई मन्त्री बनाउने भन्ने विषयमा गम्भीर छलफल नभएको उल्लेख गर्दै बन्दसूचीको नामावली बुझाइसके पछाडि यी छलफलहरू औपचारिक रूपमा पार्टीमा आउने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिकको नाम छनोट गर्न पार्टी कार्यालय चमति पुगेका छन्। नेतारु चमती पुगे पनि पार्टी सभापति रवि लामिछाने भने भर्चुअल मार्फत बैठकमा सहभागी हुने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस