यात्रु अटोमै गाँजा तस्करी, एक महिला सहित दुई पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)
  • ८३ पटक पढिएको
यात्रु अटोमै गाँजा तस्करी, एक महिला सहित दुई पक्राउ

सप्तरी, ०३ चैत। यात्रु बोक्ने अटोमा गाँजा तस्करी गर्दै गरेको अवस्थामा सप्तरी प्रहरीले एक महिला सहित दुईजना लाई पक्राउ गरेको छ । प्रहरीले अटोबाट एक क्विनटल ११ किलो ८ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार शनिबार राति ८ बजेतिर तिरहुत गाउँपालिका वडा नम्बर २ बडहारामा कञ्चनपुरबाट डिमन तर्फ जाँदै गरेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटो रिक्सालाई चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको हो ।

तीनवटा सेतो रङ्गको बोरामा राखिएको उक्त गाँजाको तौल गर्दा एक क्विनटल ११ किलो ८ सय ग्राम भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । उक्त लागुऔषध गाँजा ओसारपसार कार्यमा संलग्न अटो चालक कञ्चनरुप नगरपालिका वडा नम्बर ७ सितापुर टोल बस्ने ४२ बर्षीय जामुन महतो तथा सोही वडा निवासी २८ बर्षीया कविता कुमारी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुबैजनालाई आइतबार सप्तरी जिल्ला अदालतबाट लागुऔषध कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट बाट सात दिनको म्याद थपी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस