इराकस्थित यूएई दूतावासमा ड्रोन हमला, दुई नेपाली घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)
  • ९९ पटक पढिएको
इराकस्थित यूएई दूतावासमा ड्रोन हमला, दुई नेपाली घाइते

काठमाडौँ, ०३ चैत। इराकको अर्विलमा रहेको संयुक्त अरब इमिरेट्स (यूएई) को महावाणिज्य दूतावासलाई लक्षित गरी भएको ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते भएका छन् । विमानस्थलमा पनि निरन्तर ड्रोन हमला भएपछि नजिकै रहेको अमेरिकी सेनाको क्याम्पमा कार्यरत १२० नेपालीलाई होटलमा सारिएको छ ।

सुरक्षा सावधानीका लागि केही नेपालीले इराक छाडिसकेका छन् । यूएईको महावाणिज्य दूतावासमा हमला हुँदा घाइते दुई नेपालीमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको हात र अनुहारमा आगोले पोलेको छ ।

अर्का नेपालीको हातमा सामान्य चोट लागेको छ । महावाणिज्य दूतावासमा १३ जना नेपाली सुरक्षागार्ड र दुई जना नेपाली महिला कर्मचारी गरी १५ जना कार्यरत छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार इराकमा झन्डै ३० हजार नेपाली कार्यरत छन् ।

यसअघि इराकको स्वशासित राज्य कुर्दिस्थानको राजधानी अर्विलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि त्यहाँ कार्यरत १ सय २० जना नेपालीलाई पनि सुरक्षित स्थानमा राखिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस