खोटाङमा पाँच जना सवार हेलिकप्टर दुर्घटना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ४, बुधबार (६ दिन अघि)
  • १६९ पटक पढिएको
खोटाङमा पाँच जना सवार हेलिकप्टर दुर्घटना

काठमाडौँ, ०४ चैत। बुधवार दिउँसो खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ ।

केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा एयर डाइनेस्टीको एनएफक्यू हेलिकप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख, डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार हेलिकप्टर ५ जना यात्रु बोकेर काठमाडौँबाट पुगेको थियो । हेलिकप्टर अवतरण गर्ने क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको डिएसपी बुढाथोकीले जानकारी दिए ।

पाँच यात्रुमध्ये काजीबहादुर राई घाइते भएका छन् । उनलाई प्रहरीले उद्धार गरेको छ । काजीबहादुरलाई थप उपचारका लागि अर्को हेलिकप्टरमार्फत काठमाडौँ पठाइँदै छ ।

उद्धारका लागि एयर डाइनेस्टीकै अर्को हेलिकप्टर बालाबेसी पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस