ठूलो परिमाणमा फर्सीको बीउसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ५, बिहिबार (१ हप्ता अघि)
  • १०७ पटक पढिएको
ठूलो परिमाणमा फर्सीको बीउसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

रौतहट, ०५ चैत। भारतीय  सीमा सुरक्षा बल एसएसबीले बाराको बिभिन्न नाका हुँदै तस्करी गरिएको ठुलो परिमाणको फर्सीको बीउसहित एक ट्रक बरामद गरेको छ । उक्त तस्करीमा  संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र सीमा बल (एसएसबी) ७१औँ बटालियन, मोतिहारीको इन्टेलिजेन्स शाखालाई सीमाक्षेत्र हुँदै ठुलो परिणामको फर्सीको बीउ तस्करी भइरहेको गोप्य सूचना प्राप्त भएको थियो। एसएसबी मुख्यालय पिपराकोठिका प्रवक्ता विनीत कुमार सिंहका अनुसार नेपालको बाराजिल्लाबाट मोटरसाइकलमार्फत भारतको बसवरिया गाउँ (घोडासहन थाना क्षेत्र)सम्म बीउ ल्याई एकै ठाउँमा संकलन गरी  युपि ४२ ईटि ७८६२ नम्बरको ट्रकमा लोड गरिँदै थियो।

उक्त सूचना लगत्तै डीआरआई (डाइरेक्टोरेट अफ रेवेन्यू इन्टेलिजेन्स) मुजफ्फरपुरसँग समन्वय गरी संयुक्त टोली गठन गरिएको थियो। सो टोलीले आई एन बि सीमा स्तम्भ नं। ३५७ र३ बाट करिब ८ किलोमिटर भारततर्फ पर्ने लक्ष्मीपुर लौखन गाउँ नजिक घोडासहन–ढाका सडकखण्डमा निगरानी बढाएको थियो।

सोही क्रममा बुधबार राति करिब १० बजे बसवरियाबाट लक्ष्मीपुर लौखानतर्फ आउँदै गरेको ट्रकलाई रोकी चालक र सहचालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता सिंहले बताएका छन् ।

प्रारम्भिक सोधपुछका क्रममा चालकले ट्रकमा बीउ लोड गरिएको र दिल्लीतर्फ लैजाँदै गरेको स्वीकार गरेको जनाइएको छ। त्यसपछि सुरक्षाको दृष्टिले ट्रकलाई एसएसबी क्याम्पमा राखिएको थियो।

आज बिहान संयुक्त टोलीले बरामद ट्रक तथा पक्राउ परेकालाई थप अनुसन्धान र कारबाहीका लागि डीआरआई कार्यालय, मुजफ्फरपुर लगेको जनाएको छ।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश फैजाबादका ३५ वर्षीय मोहम्मद हसिब र बाराबंकीका ३१ वर्षीय मोहम्मद सलमान रहेका छन्।

बरामद ट्रकमा ३०० बोरा फर्सीको बीउ फेला परेको छ। जसको कुल तौल ११ हजार ५५० किलोग्राम रहेको छ। भारतमा प्रति किलोग्राम ३२० रुपैयाँका दरले यसको अनुमानित मूल्य ३६ लाख ९६ हजार रुपैयाँ (नेपाली झन्डै ६० लाख) रहेको एसएसबीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस