नयाँ प्रधानमन्त्रीको चैत १३ गते शपथ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (१ महिना अघि)
  • १४३ पटक पढिएको
नयाँ प्रधानमन्त्रीको चैत १३ गते शपथ

काठमाडौं, ०६ चैत। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको छ। निर्वाचनअघि नै रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।

बहुमतसँगै रास्वपाले सरकार गठनको तयारी अघि बढाएको छ। सोही अनुसार बालेन्द्र शाहको चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय गरिएको पार्टी स्रोतले जनाएको छ।

सरकार गठनबारे छलफल गर्न रास्वपा नेताहरूले राजधानीस्थित रोयल सिंगी होटलमा बैठक गरेका थिए। उक्त बैठकपछि सांसदहरूको शपथपछि तुरुन्तै प्रधानमन्त्रीको शपथ गराउने निर्णय गरिएको हो।

संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसको भोलिपल्टै प्रधानमन्त्रीको शपथ गराउने तयारी गरिएको रास्वपाले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस