कांग्रेस केन्द्रीय बैठकमा महाधिवेशनबारे चर्चा नगर्ने निर्णय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (१ महिना अघि)
  • ९० पटक पढिएको
कांग्रेस केन्द्रीय बैठकमा महाधिवेशनबारे चर्चा नगर्ने निर्णय

काठमाडौं, ०६ चैत। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिबारे छलफल नहुने भएको छ । सहमहामन्त्री उदय शमशेर राणाले शुक्रबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे छलफल नहुने जानकारी दिए ।

‘आजबाट सुरु हुने बैठकमा अधिवेशनबारे छलफल हुँदैन । पार्टी सभापतिको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने बैठकको एजेन्डा तय भएको छ,’ सहमहामन्त्री राणाले भने ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार व्यहोरेको कांग्रेसले शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

कांग्रेसभित्र केन्द्रीय कार्यसमिति बैठकबाट १५ औँ महाधिवेशनको कार्यतालिका आउने चर्चा रहे पनि यो बैठकमा त्यसबारे छलफल नहुने सहमहामन्त्री राणाले बताएका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस