नम्बर प्लेट बदलेर चोरीको मोटरसाइकल चलाउने युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १०, मंगलबार (१३ घण्टा अघि)
  • ८५ पटक पढिएको
नम्बर प्लेट बदलेर चोरीको मोटरसाइकल चलाउने युवक पक्राउ

काठमाडौँ, १० चैत। काठमाडौँको बाइपास क्षेत्रबाट चोरीको मोटरसाइकलसहित नुवाकोटका २० वर्षीय निखिल बलामी पक्राउ परेका छन्। नुवाकोट ककनी गाउँपालिका–१ घर भई हाल काठमाडौँको लोलाङ बस्ने बलामीलाई ट्राफिक प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।

उनले बागमती प्रदेश ०२–०२८ प ८४०८ नम्बरको वास्तविक मोटरसाइकलको नम्बर बदलेर बागमती प्रदेश ०२–०३९ प ९४५४ राखी चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उक्त मोटरसाइकल ललितपुरको गोदावरी नगरपालिका–१० बोहोराटारका जयराम केसीको घरबाटै हराएको थियो।

केसीले आफ्नो मोटरसाइकल हराएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार मोटरसाइकलसहित समातिएका बलामीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस