रास्वपा विजयमा अमेरिकाको बधाई, रवि लामिछानेलाई शुभकामना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (५ घण्टा अघि)
  • ८४ पटक पढिएको
रास्वपा विजयमा अमेरिकाको बधाई, रवि लामिछानेलाई शुभकामना

काठमाडौँ, ११ चैत। संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा रास्वपाको विजयका लागि सभापति रवि लामिछानेलाई बधाई दिएको छ ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले सभापति रवि लामिछानेलाई चैत १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको काठमाडौंस्थित दूतावासले जनाएको छ ।

अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको समेत दूतावासले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस