प्रधानमन्त्री कप अपडेट: मधेस पाँच विकेटले सुदूरपश्चिमलाई पराजित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (२ घण्टा अघि)
  • ७५ पटक पढिएको
प्रधानमन्त्री कप अपडेट: मधेस पाँच विकेटले सुदूरपश्चिमलाई पराजित

वीरगन्ज, ११ चैत। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य ३३.४ ओभरमा पूरा गर्दै मधेसले जित हात पारेको हो । मधेसको जीतमा अनरिको यादवले अविजित ४६ रन बनाए । ७८ बलको सामना गर्दै अरनिकोले ९ चौका प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् ।

मधेशका लागि आदिल अंसारीले ३४ र पवन सर्राफले २१ रन बनाए । ओपनरद्वय कप्तान अनिल साह र मयन यादवलाई १३र१३ रनमै गुमाएपछि दवावमा परेको मधेसलाई आदिल र पवनले सम्हालेका थिए ।

पवन २१ रनको स्थितिमा अशोक धामीको बलमा आउट भएपछि आएका अरनिकोले खेल सम्माले । प्लेयर अफ दि म्याच घोषित अरनिकोले पाँच हजार नगद प्राप्त गरे । सुदूरपश्चिमका लागि अशोक धामीले तीन र शेर मल्लले दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गर्न आएको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर अभिषेक पालले सर्वाधिक ३३ रन बनाए । यसैगरी किरण ठगुन्ना र नारायण जोशीले समान २३र२३ रन बनाउँदा अशोक धामीले १९ रन जोडे । सुदूरका अन्य ब्याटर चल्न सकेनन् ।

मधेसका लागि अरनिको यादवले तीन,प्रदीप पासवानले दुई विकेट लिए भने रुपेश सिंह,आदिल आलम,पवन सर्राफ र डेब्यु खेल खेलेका आशिक बैठाले समान एक/एक विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस