रवि लामिछानेको अर्को सुनुवाइ वैशाख १४ गते तोकियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १५, आईतबार (१० घण्टा अघि)
  • १०५ पटक पढिएको
रवि लामिछानेको अर्को सुनुवाइ वैशाख १४ गते तोकियो

काठमाडौँ, १५ चैत। काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख तोकेको छ ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार वैशाख १४ गतेका लागि तारेख तय भएको हो ।

लामिछाने आज तारेख बुझ्न अदालत पुगेका थिए । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् । उनीविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोप छ ।

रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरेका थिए । लामिछाने अहिले थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन् । रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित सांसद हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस