पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै ठगी, २ जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १८, बुधबार (३ हप्ता अघि)
  • ९० पटक पढिएको
पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै ठगी, २ जना नियन्त्रणमा

काठमाडौं, १८ चैत। जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर रहेका छन् ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहेका तीन जना प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोप उनीहरुलाई छ ।

उनीहरुले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाइदिन्छु भनेर ९ लाख रुपैयाँ लिएर ठगेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस