श्रम संस्कृति पार्टीको संसदीय दलको नेता बने हर्क साम्पाङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २०, शुक्रबार (१ महिना अघि)
  • २१७ पटक पढिएको
श्रम संस्कृति पार्टीको संसदीय दलको नेता बने हर्क साम्पाङ

काठमाडौं, २० चैत। श्रम संस्कृति पार्टीको संसदीय दलको नेताको जिम्मेवारी पार्टीका हर्कराज राई (हर्क साम्पाङ) ले सम्हाल्ने भएका छन् ।

साम्पाङले बिहीबार प्रतिनिधिसभाको बैठकलाई गरेको सम्बोधनको कपि सार्वजनिक गरेका छन् । जसमा साम्पाङलाई अध्यक्ष तथा संसदीय दलको नेता भनिएको छ ।

बिहीबार प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै साम्पाङले जनताका माग के कस्ता रहेका छन् भनेर २७ बुँदा प्रस्तुत गरेका थिए ।

जसमार्फत देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि एमसीसी खारेज गर्न माग गरिएको छ ।

पृथ्वी रहुन्जेल नेपाल रहनुपर्ने र नेपालको झण्डा सूर्य र चन्द्रमा अंकित झन्डा हुनुपर्ने भनिएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै उनले यसको सुरुवात मन्त्रिपरिषद्का सदस्य र प्रतिनिधिसभा सदस्यहरूबाट गर्न आग्रह गरे ।

एक पालिका एक उद्योग, एक परिवार, एक रोजगारीको योजनासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् । विद्यार्थी संगठन, कर्मचारीमा ट्रेड युनियन रहने वा नरहने जस्ता विषयमा सुझबुझपूर्ण रूपमा कदम चाल्न आग्रह गरेका छन् ।

नयाँ सरकारको नीतिमा जीवन उपयोगी शिक्षा हुनुपर्ने उनको आग्रह छ । यी काम भए सरकारलाई साथ दिने नभए खबरदारी गर्ने उनको प्रतिबद्धता छ ।

ताजा अपडेट

खोजी गर्नुहोस