डीपी अर्याल सभामुखमा निर्वाचित भएको घोषणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (१० घण्टा अघि)
  • ६२ पटक पढिएको
डीपी अर्याल सभामुखमा निर्वाचित भएको घोषणा

काठमाडौं, २२ चैत्र । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्वाचत भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गरेको हो । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

बैठकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सभामुखमा अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए । सिंहदरबारको बहुउद्देश्यीय हलमा बसेको प्रतिनिधिसभाको बैठकमा लामिछानेले अर्याललाई गरेको सभामुखको प्रस्तावमा रास्वपा सांसद सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन जनाएका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस