ललितपुरमा बिचौलियाविरुद्ध कारबाही, ३२ जना समातिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (१ दिन अघि)
  • १२२ पटक पढिएको
ललितपुरमा बिचौलियाविरुद्ध कारबाही, ३२ जना समातिए

काठमाडौं, २२ चैत्र । नेपाल प्रहरीले ललितपुर जिल्लाका नापी र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले ललितपुुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट ती बिचौलिया पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नापी कार्यालयबाट २१ जना र यातायात कार्यालयबाट ११ जना बिचलौलिया पक्राउ गरेको भनिएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार पक्राउ परेका बिचौलियाले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने र अवरोध सिर्जना गर्ने गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको परिसरले जनायो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस