६ देशबाट राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २४, मंगलबार (२ घण्टा अघि)
  • ९२ पटक पढिएको
६ देशबाट राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं, २४ चैत्र । सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतसहितका विभिन्न ६ मुलुकका राजदूतलाई फिर्ता बोलाउने भएको हो ।

सरकारले भारतका लागि डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई फिर्ता बोलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले राजदूतावासलाई चिठी लेखेर उनीहरुलाई एक महिनाभित्र फिर्ता हुन भनिएको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक भागबण्डाका आधारमा उनीहरुलाई नियुक्त गरेको थियो ।

यसअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम सरकारले पनि गत असोज ३० गते ११ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको थियो ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस