बन्द उद्योग खोल्न रास्वपा सांसदको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २४, मंगलबार (२ घण्टा अघि)
  • ९४ पटक पढिएको
बन्द उद्योग खोल्न रास्वपा सांसदको माग

काठमाडौं, २४ चैत्र । निष्क्रिय रहेका सानादेखि ठूला उद्योग पुनः सञ्चालन गर्नुपर्ने माग संसद्मा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्साना बानुले यस्तो माग गरेकी हुन् । ‘निष्क्रिय रूपमा रहेका सानादेखि ठूला उद्योग तुरुन्त सञ्चालनमा ल्याएर स्वदेशी उत्पादनलाई प्राथमिकीकरण गरियोस्’, उनले भनिन् ।

रोजगारी सिर्जना गर्न नसके युवा पलायन नरोकिने र युवाले खोजेजस्तो परिवर्तनको अनुभूत गर्न नसकिने उनले बताइन् ।

जेनजी आन्दोलनका क्रममा सहभागी भएका युवा पक्राउ परेको भन्दै त्यसको विरोध गरिन् । पक्राउ परेकालाई रिहा गर्न पनि उनले माग गरेकी छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस