जनकपुर मालपोत कार्यालयबाट ५ बिचौलिया पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २४, मंगलबार (१ महिना अघि)
  • १८९ पटक पढिएको
जनकपुर मालपोत कार्यालयबाट ५ बिचौलिया पक्राउ

जनकपुर, २४ चैत्र । जनकपुर मालपोत कार्यालयबाट पाँच बिचौलिया पक्राउ परेका छन् । सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले पाँच जना बिचौलियालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भूमि सुधार तथा मालपोत कार्यालय धनुषाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेमा कमला नगरपालिका–८ का ४२ वर्षीय नविन कुमार गोढान, जनकनन्दिनी गाउँपालिका–४ का ५३ वर्षीय राम बिनोद साह र महोत्तरी पिपरा गाउँपालिका स्थायी घर भई हाल जनकपुर उपमहानगरपालिका–१३ बस्दै आएका ४० वर्षीय बिराजी यादव रहेका छन्।

यस्तै, सबैला नगरपालिका वडा नं. ११ का ४४ वर्षीय जय गोविन्द यादव र जनकपुर उपमहानगरपालिका–२ कदमचोकका ३० वर्षीय ज्ञानदेव साहलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस