कारागारभित्र झडप, कञ्चनपुरमा ५ कैदी घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २५, बुधबार (२ हप्ता अघि)
  • ११५ पटक पढिएको
कारागारभित्र झडप, कञ्चनपुरमा ५ कैदी घाइते

धनगढी, २५ चैत्र । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।  कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताए ।

उनकाअनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । घाइते झडप गर्ने दुवै पक्षका भएको उनले बताए ।

घाइते भएकाहरूमा लागुऔषध र चाेरी मुद्दाका रहेको एसपी खत्रीले बताए । उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस