वीर अस्पतालमा भ्रष्टाचार आरोप, लेखा अधिकृतविरुद्ध मुद्दा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २५, बुधबार (२ हप्ता अघि)
  • ११७ पटक पढिएको
वीर अस्पतालमा भ्रष्टाचार आरोप, लेखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, २५ चैत्र । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, काठमाडौँमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

बुधबार आयाेगले उनीविरूद्ध ९३ हजार ८५० रुपैयाँ मागदाबी सहित विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।

विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस / रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने उजुरीका आधारमा टंगालबाट खटिई गएको टोलीले लेखा अधिकृत दाहाललाई रू.१ लाख २० हजार ८५० सहित नियन्त्रणमा लिइएको थियो।

‘अनुसन्धानको सिलसिलामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी लाभ लिने बदनियत राखी योजनबद्ध रुपमा विभिन्न कम्पनी / फर्महरुका प्रतिनिधिसँग मोलमोलाई गरी घुस / रिसवत लिनेदिने सर्तमा भुक्तानीको प्रक्रियामा सहजीकरण गरी अगाडि बढाई सेवाग्राहीसँग ९३ हजार ८५० रुपैयाँ लिएको  स्थापित भएपछि भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे,’ अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस