जबरजस्ती करणी आरोपमा एक जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २७, शुक्रबार (२ महिना अघि)
  • २०५ पटक पढिएको
जबरजस्ती करणी आरोपमा एक जना नियन्त्रणमा

काठमाडौं, २७ चैत। कैलालीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। २८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरी पक्राउ परेका हुन्।

बिहीबार राति चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले तत्कालै एक्सन लिएको थियो। उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष प्रहरी टोलीले चौधरीलाई उनकै गाउँबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका चौधरीमाथि थप कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस