अदालतको फैसला : मालपोत कार्यालयका दुई कर्मचारीलाई कैद सजाय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (२ घण्टा अघि)
  • ५९ पटक पढिएको
अदालतको फैसला : मालपोत कार्यालयका दुई कर्मचारीलाई कैद सजाय

महोत्तरी, १० वैशाख। विशेष अदालतले गलत लिखत तयार गरेको मुद्दामा दुई कर्मचारीसहित तीनजनालाई कैद तथा जरिवानाको फैसला गरेको छ ।

विशेष अदालतले बुधबार महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालापोत कार्यालयका दुई कर्मचारीसहित तीनजनालाई सजाय फैसला गरेको छ । ०८० साउनमा साविक इटरहर्वाकट्टिको ५ कठ्ठा १२ धुर जग्गा राजीव कुमार ठाकुरको नाममा कम्प्युटरमा स्रेस्ता अद्यावधिक गरिएको भेटिएको थियो ।

तीन महिनाअघि दायर गरिएको मुद्दामा विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले यस्तो फैसला गरेका छन् । नासु साह र कम्प्युटर अपरेटर सिंहलाई जनही ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा ३ महिना कैद र ३० हजार रुपैयाँ हुने सजाय फैसला गरेको छ । त्यस्तै ठाकुरलाई पनि सोही फैसला गरेको छ ।

तीनैजना प्रतिवादीहरुबाट जनही १६ सय रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा भराउनसमेत फैसलामा उल्लेख गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस