टिकटक स्टार तुलसा अधिकारीको बयान अदालतमा, गौतम इजलासमा सुनुवाइ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १९, मंगलबार (१० घण्टा अघि)
  • ४१ पटक पढिएको
टिकटक स्टार तुलसा अधिकारीको बयान अदालतमा, गौतम इजलासमा सुनुवाइ

काठमाडौ, १९ जेठ। थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीको ललितपुर जिल्ला अदालतमा बयान सुरु भएको छ ।

अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान सुरु भएको हो । अधिकारीलाई सोमबार नै प्रहरीले अदालत उपस्थित गराएको थियो ।

बयान सकिएपछि थुनछेक बहस हुने र त्यसपछि धरौटी तथा साधारण तारेकमा रिहा वा पुर्पक्षका लागि कारागार चलान मध्ये एक आदेश आउनेछ ।

प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएकी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी थिइन् । थाइल्यान्ड प्रहरीले पक्राउ गरेपछि नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

 इन्टरपोलको सहयोगमा उनलाई शनिबार राति काठमाडौं ल्याइएको थियो । उनी चीनमा बस्दै आएकी थिइन् । प्रहरीले अनुसन्धान अघि बढाएपछि उनले सामाजिक सञ्जालबाटै प्रहरीमाथि आक्रोश पोखेकी थिइन् ।

‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुल्साले भनेकी थिइन् ।

त्यसपछि प्रहरीले भ्रम नर्छन भन्दै विज्ञप्ति नै निकालेको थियो । कुमार चिमोरिया नाम गरेका व्यक्तिले उनीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए ।

यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिइन् । उनीसहित १० जनालाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण, संगठित अपराध र आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस