कैलालीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १७, बुधबार (१४ घण्टा अघि)
  • २८ पटक पढिएको
कैलालीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

कैलाली, १७ असार। कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बाजुराको बुढीगंगा नगरपालिका-७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् ।

मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस