एनडोएको गोलले स्विट्जरल्यान्ड बलियो अवस्थामा, अग्रता दोब्बर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १९, शुक्रबार (१३ घण्टा अघि)
  • ४९ पटक पढिएको
एनडोएको गोलले स्विट्जरल्यान्ड बलियो अवस्थामा, अग्रता दोब्बर

काठमाडौं, १९ असार। फिफा विश्वकप २०२६ को अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुमै गोल गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भइरहेको खेलमा दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै स्विस टोलीको अग्रता दोब्बर पारेका हुन् ।

नटिङहम फरेस्टबाट खेल्ने विंगरले दोस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै गोल गरेका हुन् ।

त्यसअघि पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा गोल गर्दै स्विटरज्लयान्डलाई अग्रता दिलाएका थिए । जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस